गीत गाउँदा–गाउँदै फोक्सो च्यातिएपछि…

appharu
0
Shares

एजेन्सी । चिनियाँ एक पुरुषले निकै चर्को स्वरमा गीत गाउने हुँदा फोक्सो च्यातिएको छ । वाङ नाम गरेका ६५ वर्षीय ती व्यक्तिले चर्को स्वरमा लगालग १० वटा गीत गाएको अनि फोक्सो च्यातिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्साहित भएर उनले निरन्तर १० वटा गीत गाएका थिए । जियाङ्शी प्रान्तको नानचाङ काउन्टीमा गीत गाउँदै गर्दा वाङलाई सास फेर्न गाह्रो भएको थियो अनि छाती दुख्न थालेको थियो ।

लगतै उनलाई अस्पताल लगिएको थियो र आकस्मिक विभागमा चिकित्सकहरूले उनको फोक्सो च्यातिएको पाए । गीत गाउँदा छातीमा दबाब परेकाले उनको फोक्सो च्यातिएको थियो ।

यसअघि सन् २०१७ मा अर्का एक व्यक्तिले कन्सर्टमा चिच्याएर गीत गाउँदा उनको फोक्सो च्यातिएको थियो ।

वाङले गीत गाउँदै जाँदा असहज अनुभव गरेका थिए तर त्यसलाई बेवास्ता गरे । तर पीडा बढ्दै गएपछि उनी अस्पताल गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?