३२ हजार नपाएकाे झोँकमा हत्या, फरार प्रतिवादी यसरी पक्रियो प्रहरीले

appharu
0
Shares

सिन्धुपाल्चोक– इलाका प्रहरी कार्यालय मेलम्चीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
इन्सपेक्टर महेन्द्र दर्नालको नेतृत्वमा खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक साबिक थकनी गाबिस वडा नं ६ घर भई हाल मेलम्ची नगरपालिका वडा नम्बर ४ बस्ने सूर्य बहादुर तामाङकी श्रीमती तोक्सानीको हत्या गरेको आरोपमा फरार अभियुक्त उदयपुर साबिक बसाह गाबिस वडा नंम्बर ५ का श्याम बाबु तामाङलाई पक्राउ गरेको हो ।
अभियुक्त तामाङले साउन २८ गते तोक्सानी तामाङको घर निर्माण गरेको ज्याला ३२ हजार रुपैया नपाएको झोँकमा उनको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
उनको खोजतलास गर्दै जाने क्रममा मेलम्ची नगरपालिका वडा नम्बर १३ स्थित छापभन्ज्याङबाट पक्राउ गरिएको इन्सपेक्टर दर्नालले जानकारी दिए ।
उनलाई म्याद थपको लागि शुक्रबार जिल्ला अदालत चौतारा पठाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?