सर्‍यो एनआरएन विश्व सम्मेलनको मिति, अक्टोबर १५ देखि १७ सम्म तय

appharu
0
Shares

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलन सरेको छ ।
एनआरएनका केन्द्रीय सदस्य रामशरण सिम्खडाले यसअघि तय भएको मिति परिवर्तन गरेर सम्मेलन अक्टोबर १५ देखि १७ सम्मको लागि तय गरिएको जानकारी दिए ।
यसअघि एनआरएन विश्व सम्मेलन अक्टोबर १३ देखि १५ सम्म गर्ने निर्णय भएको थियो । तर सो सम्मेलनको क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्द नेपालको भ्रमणमा आउने तयारी भएकाले नेपाल सरकारकै आग्रहमा सम्मेलन २ दिन पर सार्ने निर्णय भएको हो ।
एनआरएनको आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?