‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक गरिएको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी आर्यन सिग्देल र मिरुना मगर अभिनित चलचित्रको
गीत सार्वजनिक गरिएको हो ।

गीतमा राजनराज शिवाकोटीको संगीत तथा शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको छ । गीतको शब्द एजिएल, राजनराज शिवाकोटी र श्याम लामिछानेको रहेको छ ।

मंसिर ६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा अमृत गोले लामाको निर्माण तथा साम्तेन भुटियाले निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?