शालिकराम मृत्यु प्रकरण : रवि लामिछाने हिरासतमा बस्दै गर्दा बाेले नेता केसी

appharu
0
Shares

काठमाडौँ- काँग्रेस नेता अर्जुन नरसिंह केसीले नुवाकाेटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु या आत्महत्या के हो भन्नेबारे गम्भीर अनुसन्धान हुन जरुरी रहेको बताएका छन् ।
एक पत्रकारको दुःखद मृत्यु र अर्काथरी थुनामा अनुसन्धानको क्रम जारीछ तर “आत्महत्या कि हत्या” यो गम्भीर र रहस्यमयी प्रश्नको अनुसन्धान छैन,´ केसीले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘केवल दुरुत्साहनलाई मात्र केन्द्रितगर्न खोजिदैछ।´
उनले यसबाट अनुसन्धान र न्यायिक प्रक्रियामा शुद्धता, विश्वसनीयता, पारदर्शिता कायम हुनेमा आशंका समेत व्यक्त गरेका छन् ।
पुडासैनी मृत्यु प्रकरणमा टीभी प्रस्तोता रवि लामिछानेलगायत ३ जना अहिले प्रहरी हिरासतमा रहेको बेला केसीले यसबारे धारणा बाहिर ल्याएका हुन् । पुडासैनी गत साउन २० गते चितवनकाे एक हाेटलमा मृत अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?