समाजवादी पार्टीकै सांसदद्वारा प्रदेश २ को राजधानी बिरगञ्ज हुनुपर्ने प्रस्ताव दर्ता

प्रदेश नम्बर २ को सतारुढ पार्टी समाजवादी पार्टीका एक प्रदेश सांसदले प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराउनुभएको छ ।

सांसद सिंहासन साह कलवारले प्रदेश नम्बर–२ को वीरगञ्ज राजधानी, बिन्दवबासिनी, पोखरिया सखुवा, पर्सागढी, जितपुर, निजगढ हुँदै सिम्रौनगढ स्थान निर्धारण गर्न माग गर्नुभएको हो । उक्त प्रस्तावको समर्थकमा ६ जना प्रदेश सांसदहरु रहेका छन् । जसमध्ये सतारुढ समाजवादी पार्टीकै प्रदेश सांसद प्रहलाद गिरी,करिमा बेगम, जन्नत अन्सारी, भिमा यादव, रागिनी देवी वर्णवाल रहेका छन् ।

सतारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशको नाम ‘मधेश’ राख्ने तथा राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रदेशसभा सचिवालयमा संयुक्त प्रस्ताव बिहीबार दर्ता गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?