एनसेल लाभकर विवादः सर्वोच्चले तेस्रोपटक पनि सार्‍यो निर्णय सुनाउने मिति

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा भएको लाभकर छली विवादमा परेको मुद्दाको निर्णय सुनाउने मिति तेस्रो पटक सारेको छ । सर्वोच्चले आगामी सोमबार ९ गते निर्णय सुनाउने जनाएको छ ।

यसअघि दुईपटक फैसला लेखनको समय नपुगेको भन्दै पूर्ण इजलासले पेशी सारेको थियो ।

सर्वोच्च अदालतले साउन २१ गते निर्णय सुनाउने भने पनि त्यस दिनबाट साउन ३० गतेलाई सारेको थियो । साउन ३० पछि फेरि बिहीबारका लागि सारिएको मिति तेस्रोपटक सरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?