राजसंस्थाको कुरा गर्नेहरू डायनासर जस्तै लोप भएर जान्छन्ः मन्त्री बाँस्कोटा

appharu
0
Shares

काठमाडौं । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कसैले आराधना गर्दैमा राजतन्त्र नफर्कने दाबी गनुभएको छ । आज बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राजसंस्था कोरा कल्पना मात्रै भएको जिकिर गर्नुभयो । मन्त्री बाँस्कोटाले राजसंस्थाको कुरा गर्नेहरू डायनासर जस्तै लोप भएर जाने बताउनुभयो ।

नेपालीको चाहनाबाट गणतन्त्र आएको उल्लेख गर्दै उहाँले यसलाई कसैले उल्टाउन नसक्ने उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले अब मन्त्रिपरिषद् बैठक भिडियो कन्फ्रेन्सबाट समेत बस्न सक्ने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?