९ चैत्र २०७९, बिहीवार

प्रदेश २ को निर्वाचन सुरक्षा योजना तयार

२०७४,भाद्र,२७,मंगलवार ०१:१६

0
Shares

काठमाडौँ, २७ भदौ – सरकारले असोज २ गते सम्पन्न हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने योजना तयार गरेको छ ।निर्वाचन सुरक्षाका लागि केन्द्रीय र जिल्लास्तरीय सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा समेत ल्याइसकेको गृहमन्त्रालयले जनाएको छ । गृह प्रवक्ता रामकुमार सुवेदीले निर्वाचन शान्तिपूर्ण मात्र नभई उल्लासमय जनसहभागितामा सम्पन्न हुने गरी सुुरक्षा योजना तयार गरेको जानकारी दिए ।उम्मेदवारी दर्तादेखि चुनावी चहलपहल शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्मरण गराउँदै प्रवक्ता सुवेदीले भने, ‘प्रदेश–२ मा निर्वाचन शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यको सम्पूर्ण निकाय सक्रिय छन् । ’प्रदेश–२ को सम्पूर्ण जिल्ला छिमेकी देश भारतसँंग जोडिएकाले सम्भावित अपराधका घटना नियन्त्रण गर्न सीमाक्षेत्रमा तैनाथ दुई देशका उच्च पदाधिकारीहरूबीच छलफल भइसकेको छ । निर्वाचन सुरक्षाका लागि असोज १, २ र ३ गते नेपाल–भारत नाका बन्द गर्ने तयारी भइरहेको छ ।उनले तीन दिन (७२ घण्टा) बोर्डर सिल गर्ने निर्णय भएको जानकारी दिए । निर्वाचन सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको गरी करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।प्रदेश–२ को स्थानीय निर्वाचनमा बाक्लो सुरक्षा उपस्थितिसँगै नियमित चेकजाँच, गस्ती, उम्मेदवारको सुरक्षाव्यवस्था र भूमिगत शैलीमा राजनीति गर्दै आएका केही राजनीतिक पार्टीमाथिको निगरानीसँगै सुरक्षा व्यवस्था प्रभावकारी रहेको गृह प्रशासनले जनाएको छ, गोराखापत्रमा खबर छ ।पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका १३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । तीमध्ये सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०१:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००