तीन वटा वडामा एउटै सचिव


प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १६:५२

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ ।

एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको भनाइ थियो ।

एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको छ । वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिइरहनु परेको छ । सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहँुदा निकै सास्ती हुने गरेको छ ।

उक्त नगरपालिका-५ का सचिव होमप्रसाद रिजालले वडा नं ३ र ७ नंको पनि काम गरी रहनुभएको छ । त्यस्तै ४ र ९ को जिम्मेवारी हेमकान्त सुवेदी, २ र ६ को जिम्मेवारी विष्णुप्रसाद चौधरीले र वडा नं १० र ११ को जिम्मेवारी धनीराम चौधरीले बहन गरी राख्नुभएको छ ।

नगरपालिकाको वडा नं १, ८ र १२ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै अब छिट्टै यो समस्या समाधान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताउनुभयो ।

Tags :
प्रतिक्रिया दिनुहोस
नेपालको संविधान विश्वकै अनुपम दस्ताबेज : नेता नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको

स्वर्गिय नेता सिंहको स्मृतिमा यसरी सम्झिए प्रकाशले

काठमाडौं । नेपाली राजनीतिका लौहपुरुष एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको

जङ्गली च्याउ खाँदा परिवारै अस्पताल भर्ना

काठमाडौं । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै

आजबाट बजेट अधिवेशनको अन्त्य  हुँदै,  संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । गत बैशाख १६ गतेबाट शुरु भएको बजेट अधिबेशन आजबाट अन्त्य हुदैँ