भारतीय विदेशमन्त्रीसँग कश्मीर मामिलामा कुनै संंवाद भएनः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जम्मु–कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताउनुभएको छ । आज बिहीबार संसदमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले सार्क राष्ट्रको अध्यक्षका हैसियतले कश्मीर मामलाबारे दुवैतिर वार्ता र संवादको माध्यमबाट समाधान चाहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, उहाँले भारतीय विदेशको सचिव एस शंकरको दुई दिने नेपाल भ्रमणका बेला भने जम्मु–कश्मीरबारे कुनै छलफल नभएको जानकारी दिनुभयो ।

यसअघि, परराष्ट्रमन्त्री ज्ञवाली र भारतका विदेश मन्त्री सुव्रमण्यम जयशंकरको सह–अध्यक्षतामा भएको बैठकमा दुवै देशका विदेशमन्त्रीले आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?