नेप्से झिनो अङ्कले घट्यो

काठमाडौं । यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ० दशमलव ९९ बिन्दुले घटेर एक हजार २१३ दशमलव ०६ बिन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक भने ० दशमलव २९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १० लाख ७७ हजार ७२० कित्ता शेयर २६ करोड १६ लाख ७० हजार २०३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १२ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लागेको छ भने चार उपसमूहको शेयर बढेको छ । बैंकिङ ० दशमलव ७१, व्यापार ४ दशमलव ८२, विकास बैंक ५ दशमलव १६, जलविद्युत् २ दशमलव ८६, वित्त ३ दशमलव ७६, निर्जीवन बीमा ४२ दशमलव ०१, उत्पादन ५ दशमलव ११ र सामूहिक लगानी कोष ० दशमलव ०१ बिन्दुले ओरालो लागेको छ ।

यस्तै होटल ११ दशमलव १६, अन्य २ दशमलव ३, लघुवित्त १ दशमलव १७ र जीवन बीमा ६ दशमलव ३ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको एक करोड ९१ लाख ४० हजार ८११ बराबरको कारोवार भयो ।

यस्तै प्रभु बैंक एक करोड ६६ लाख ७७ हजार ५५१, कृषि विकास बैंक एक करोड २० लाख ७३ हजार १६६, देवः विकास बैंकको संस्थापक शेयर ९८ लाख ६२ हजार ३५०, नेपाल बैंक लिमिटेड ८७ लाख ८७ हजार ७४६, नेपाल इन्भेस्टमेन्ट बैंक ७९ लाख ५७ हजार ७४३ र महालक्ष्मी विकास बैंक ७४ लाख १६ हजार ६५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५ दशमलव ९६ प्रतिशतले कमाए । यस्तै सिभिल लघुवित्त वित्तीय संस्था ५ दशमलव ४२, दिव्यश्वरी हाइड्रोपावर ५ दशमलव २६, रिडी हाइड्रोपावर ४ दशमलव ७६, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३ दशमलव ८४ प्रतिशतले कमाए ।

यस्तै सिर्जना फाइनान्स ४ दशमलव ७४, विशाल बजार कम्पनी ३ दशमलव ६७, नेपाल इन्स्योरेन्स कम्पनी ३ दशमलव २४, लक्ष्मी भ्याल्यू फण्ड ३ दशमलव १७ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले २ दशमलव ७३ प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?