५ भाद्र २०७६, बिहीबार १६:०२

पर्वतमा घर पुरिदा ७० वर्षीय वृद्धको मृत्यु


प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १६:०२

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ ।

बुधबार राति आएको वर्षाका कारण पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

ओछ्यानामा सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको थियो । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइँदैछ ।

रेमबहादुरकी श्रीमती छोरी भेट्न घरबाहिर गएकी थिइन् । वर्षा भइरहेका बेला घरभन्दा माथि रहेका सिँचाइ कुलोमा अत्यधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ ।

पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ । चालिसेका दुई छोरा र चार छोरी छन् ।

Tags: ,

प्रतिक्रिया दिनुहोस