१० जेष्ठ २०७९, मंगलवार

खाजा खान गएका एक युवकको शंकास्पद मृत्यु

२०७४,पुष,१९,बुधबार ०७:४५

0
Shares

भक्तपुर, १९ पुस । चाँगुनारायण नगरपालिका–७, बागेश्वरीस्थित टप्पादुफोमा रहेको बाटोमाथिको रिसोर्टमा साथसँग खाजा खान गएका एक युवकको मंगलबार साँझ शंकास्पद मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, जेंला बस्ने ३२ वर्षीय समीर भन्ने नारायणप्रसाद सैंजु रहेका छन् । साथीहरुले अचेत अवस्थामा घर पु¥याएका समीरलाई भक्तपुर च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा उपचारका लागि लगिएकोमा त्यहाँका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् मृतककी पत्नी राधिका सैंजुका अनुसार मंगलबार साँझ ४ः३० बजे समीरलाई उनका दुईजना साथीले अचेत अवस्थामा मोटरसाइकलमा राखेर घर पुर्‍याएका थिए । त्यसपछि तत्कालै उपचारका लागि च्याम्हसिंहस्थित जनस्वास्थ्य क्लिनिकमा लगिएको समीरलाई त्यहाँका चिकित्सकले मृत घोषणा गरेका थिए जनस्वास्थ्यका चिकित्सकको निर्णय चित्त नबुझी मध्यपुर अस्पतालमा लगिएका समीरलाई त्यहाँका चिकित्सकले पनि मृत घोषणा गरेका थिए समीरको मृत्युपछि प्रहरीले समीरका साथीमध्येका उमेश सैंजुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

स्रोतका अनुसार प्रहरीले मृतकका अर्का साथी बाबुकाजी छवाजुलाई पनि नियन्त्रणमा लिएको छ । प्रनाउ प्रसाईंले घटनाको अनुसन्धान भइरहेको बताउँदै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जानकारी दिए ।

प्रकाशित मिति: २०७४,पुष,१९,बुधबार ०७:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जुम्ला । जुम्लामा जातीय व्यवस्थाविरुद्ध प्रदर्शन गरिएको छ । रुकुमपश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पीडित पक्षले न्याय नपाएको

सप्तरी । सप्तरीमा राष्ट्रिय एकता अभियानले पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेको छ । राजविराजमा मंगलबार पेट्रोलियम पदार्थ मूल्य वृद्धिविरुद्ध

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा एक जना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–५

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०