हवाई कारबाहीमा बीस तालिबानको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २० जना तालिबानको ज्यान गएको छ ।

अफगानिस्तानको हवाई सैन्य बलले सो कारबाही गरेकोे अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा ती तालिबानमाथि हमला भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त क्षेत्रमा रहेको तालिबानहरुको आश्रयस्थलका साथै उनीहरुका अन्य आवश्यक सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

अफगानिस्तानका ३४ प्रान्तमध्ये बाल्ख पनि तालिबानहरुको सबैभन्दा धेरै तालिबानहरुको प्रभाव रहेको क्षेत्रमा पर्ने गर्दछ । त्यसैले सो क्षेत्रमा अफगान सेनाले बारम्बार सैन्य कारबाही गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?