कुन–कुन विश्वविद्यालय उपकुलपतिविहीन हुँदैछन् ?

appharu
0
Shares

काठमाडौं । भोलि शुक्रबारदेखि चार विश्वविद्यालय उपकुलपतिविहीन हुँदैछन् । त्रिभुवन विश्वविद्यालयक उपकुलपति प्रा. डा तीर्थ खनियाँ, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. डा. ईश्वरी ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा घनश्यामलाल दास र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरलालाको कार्यकाल शुक्रबारदेखि सकिन लागेको हो ।

उपकुलपति नियुक्त गन त्रिवीको लागि दुई साताअघि सर्च कमिटी गठन भएको थियो । तर, दुई सातासम्म पनि कमिटिले नाम दिन नसकेपछि त्रिवीमा कार्यबाहक उपकुलपतिको जिम्मेवारी सुधा त्रिपाठीलाई दिइएको छ ।

त्यसैगरी संस्कृत विश्वविद्यालयमा रमेश ढकाल, पूर्वाञ्चल विश्वविद्यालयमा विजुकुमार थपलिया र कृषि विश्वविद्यालयको कार्यबाहक उपकुलपतिको जिम्मेवारी शारदा थपलियाले पाएको शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?