प्रदेश दुईका मुख्यमन्त्रीद्वारा साइकल वितरण

appharu
0
Shares
5fqf ;fOsn k|fKt u/]kl5 v’zL wg’iff, % ebf} -/f;;_ M d’VodGqL a]6L k9fp, a]6L arfp sfo{qmdcGtu{t wg’iffsf] a6]Zj/ ufpFkflnsfl:yt lzjzlQm gd”gf dflj a6]Zj/df laxLaf/ cfof]lht ;fOsn ljt/0f sfo{qmddf 5fqf ;fOsn k|fKt u/]kl5 v’zL x’Fb} . t:jL/ M chos’df/ ;fx

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण र सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु अघि सारेको छ ।”
प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टीसमेत गरेको उहाँको कथन थियो ।कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गापाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीसहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उक्त विद्यालयका कक्षा ८ मा अध्ययनरत ९५ जना छात्रालाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?