कस्तो छ प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्था ? चिकित्सकले निकाले यस्तो विज्ञप्ति

appharu
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रधीको स्वास्थ्यबारे विज्ञप्ति जारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे अनेक अड्कलबाजी भइरहेका बेला डा. सिंहले विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्थाबारे स्पष्ट पार्नुभएको हो । विज्ञप्ति अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । ‘एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ फेरि त्यसतर्फ जान लाग्नुभएको हो,’ डा. सिंहद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

सिंगापुरमा रहँदा नेसनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा विज्ञको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तिमा जनाइएको छ ।

डा. सिंहले सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे उल्लेखनीय जानकारी भएमा सञ्चारमाध्यमलाई जानकारी गराउने पनि उल्लेख गर्नुभएको छ । ‘प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई अवगत गराउने नै छौं,’ डा. सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?