प्रधानमन्त्री ओली दुई हप्ताको अवधिमा दोस्रोपटक सिंगापुर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज फेरि सिंगापुर प्रस्थान गर्नुभएको छ । उहाँ आज दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ जानुभएको हो । प्रधानमन्त्री ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य पनि सिंगापुर जानुभएको छ ।

गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किनुभएको थियो । तर स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी एक सातामै दोस्रो पटक सिंगापुर जानुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?