चलचित्र निर्माता गोविन्द शाही पक्राउ, यस्तो छ कारण

काठमाडौँ । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोबिन्द शाही प्रक्राउ गरेको छ । निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाही विरुद्ध किटानी जाहेर गरेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो ।

शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट मुलुकी अपराध सहिता – २०७४ अन्तर्गत आपराधिक विश्वासघात सम्बन्धी कसुरमा दुई दिन म्याद थप भएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

उनलाई चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?