भारतीय विदेशमन्त्रीलाई भेट्न सुटुक्क होटल पुगे बाबुराम र उपेन्द्र !

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव होटल द्वारिकाज पुग्नुभएको छ ।

कुटनीतिक मर्यादा उलङ्घन गर्दै दुवै नेता भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न उहाँ बसेकै होटल द्वारिकाजमा पुग्नुभएको हो ।

विगतमा पनि आफ्नो पदीय हैसियतको ख्यान नगरी नेपाली नेताहरु भारतीय नेतालाई भेट्न होटल पुग्ने गरेका थिए ।
भेटमा भट्टराई–यादव र जयशंकरबीच नेपाल भारतबीचको दुई पक्षीय हित, आपसी चासोलगायतका विषयमा छलफल भएको बताइएको छ ।

नेपाल-भारत दुई पक्षीय बैठकमा सहभागी हुन आउनुभएको जयशंकर उच्चस्तरीय भेटघाट सकेर आजै स्वदेश फिर्ता हुनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?