एनसेलको पुँजीगत लाभकर विवादमा सर्वोच्चले आज सुनुवाई गर्ला त ?

appharu
0
Shares

काठमाडौँ । सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादमा आज सुनुवाई गर्दैछ । सर्वोच्चले गत बिहीबार नै निर्णय सुनाउने भनेको थियो, तर सो दिन नसुनाएर भदौ पाँच गतेका लागि मिती सारेको थियो । एनसेलको मुद्दामा निर्णय सुनाउने भनिएको यो चौथो पटक हो ।

जेठ २१ गतेदेखि बृहत पूर्ण इजलाशमा सुनुवाइ सुरु भएको लाभकर सम्बन्धी विवादको निर्णय साउन २१ गते सुनाउने भनिएको थियो। तर तयारी नपुगेका कारण गएको बिहीबारसम्म सारिएको ‘निसु’ (निर्णय सुनाउने) मिती पुनः सारेर भदौ ५ गतेलाई तय गरेको थियो ।

जेठ २१ गतेदेखि सुनुवाई भए पनि सर्वोच्चको बृहत पूर्ण इजलासलाई ठूला करदाता कार्यालयले भने अनुसार ३९ अर्ब ६ करोड रुपैयाँ बुझाउन आदेश गर्ने कि एनसेल नै भने अनुसार १२ अर्ब ३४ करोड मात्र बुझाउन आदेश दिने भन्ने निर्णय गर्न सकस परेको हो ।

ठूला करदाता कार्यालयले निर्धारण गरेको बाँकी ३९ अर्ब ६ करोड कर अन्यापूर्ण भएको र आफूले जम्मा ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय रुपैयाँ मात्र चुक्ता गर्ने भन्दै एनसेलले वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?