यस्तो छ नवराज सिलवालमाथि जारी पक्राउ पुर्जी, कहाँ छन् सिलवाल ?

काठमाडौं, १९ पुस । ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिसभातर्फका सांसद नवराज सिलवाललाई उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीलाई पत्र पठाएको छ सरकारी कागजात किर्तेसम्बन्धि परिसरमा दर्ता भएको मुद्दामा अनुसन्धानको सिलसिलामा सोधपुछका लागि भन्दै सिलवाललाई पक्राउ गरी उपस्थित गराउन भनिएको हो नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) सिलवालमाथि आईजीपी नियुक्ति प्रकरणमा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोग लागेको छ सर्वोच्च अदालतले प्रहरीको कार्यसम्पादन मूल्यांकन किर्ते गरी पेस गरेको ठहर गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएपछि उनीमाथिको अनुसन्धान जारी छ अदालतको आदेशलगत्तै सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा पुस ५ गते जाहेरी दर्ता भएको थियो । सोही सिलसिलामा अनुसन्धानका लागि मंगलबार ललितपुर प्रहरीलाई पत्र लेखिएको हो यस्तो छ घटनाक्रमरणबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएपछि आफूमाथि अन्याय भएको भन्दै सिलवालले सर्वोच्चमा मुद्दा हालेका थिए । सोही मुद्दामा सर्वोच्चले कार्यमूल्यांकनको आधारमा अघि रहेकालाई महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दियो कार्यमूल्यांकनका आधारमा प्रहरी महानिरीक्षक नियुक्त गर्दा सिलवाल नभएर प्रकाश अर्याल आईजीपी बने । त्यसपछि पुनः उनी सर्वोच्च पुगे । सो रिटमा उनले कार्यसम्पादन मूल्यांकनको प्रतिलिपि पेश गरेका थिए त्यसमा कार्यसम्पादन मूल्यांकन अंक हेरफेर गरेको आरोप सिलवालमाथि लागेका छ । सिलवालको रिटमा सुनसवाई गर्दै प्रधानन्यायधीस गोपाल पराजुलीसहितको इजलासले कार्यसम्पादन मूल्यांकन हेर्दा सिलवालले माग गरेबमोजिम उनलाई आईजीपी बनाउनु पर्ने नदेखिएको भन्दै रिट खारेज गरिदियो भने सिलवालभन्दा तलका अधिकृतहरु बढुवा भएर एआईजी भए त्यसबाट बिरत्तिएका सिलवालले आफूलाई सरकारले अन्याय गरेको भन्दै एमालेमा प्रवेश गरी ललितपुर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ललितपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सिलवाल अर्थराज्यमन्त्री उदयशमशेर राणालाई पराजित गर्दै निर्वाचित भएका हुन् । सांसदमा निर्वाचित भएपनि उनले सांसद पदको शपथ लिइसकेका छैनन् त्यसकारण पनि उनलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने भएपनि हाल उनी नेपालमा नभएर एक कार्यक्रममा सहभागिताका लागि मलेसियाको राजधानी क्वालालम्पुरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?