बालाजु औद्योगिक क्षेत्रभित्र रहेको फोर्स कम्पनीमा आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको फोर्स कम्पनीको ग्यारेजमा आगलागी भएको छ । बिहिबार बिहान करिव १२ बजेतिर आगो लागेको हो ।

आगो निभाउनको लागि ३ वटा दमकल परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउँन सकेको छैन ।

महानगरीय प्रहरी प्रभाग र दमकलको सहयोगमा आगो निभाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउँ बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?