दिपायल राजधानीको माग गर्दै आजदेखि अनिश्चितकालीन डोटी बन्द

डोटी, पुस १९ । प्रदेश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै अनिश्चितकालीन डोटी बन्दको आव्हान गरिएको छ बन्दको कारण आज दिपायल,पिपल्ला र सिलगढी बजार पूर्ण रुपमा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ एकसाता अघिदेखि दिपायललाई प्रदेश राजधानी बनाउनु पर्ने माग गर्दै डोटीबासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् सरकारले धनगढीलाई प्रदेश ७ को राजधानी बनाउने तयारी थालेपछि डोटीबासीले विरोध गर्दै आजदेखि अनिश्चितकालीन डोटी बन्दको आव्हान गरेका हुन् डोटी उधोग बाणिज्य संघद्धारा सात दिनदेखी जारी बिरोध कार्यक्रम अन्र्तगत हिजो क्षेत्रीय प्रशासन कार्यालय राजपुर घेराउ गरिएको थियो बुधबार बिहान बसेको प्रदेश नंं ७ को राजधानी दिपायल संघर्ष समितिको बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आह्वान गरेसँगै बिहानैदेखी सिलगढी,दिपायल,पिपल्ला,बुडर लगायतका मुख्य बजारहरु बन्द भएका छन् । सरकारी कार्यालय,गैरसरकारी संस्था,शिक्षण संस्था र बजार समेत बन्दले प्रभावित भएका छन् एम्वुलेन्स, दमकल, प्रेस, शव वहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधन चल्न दिने निर्णय भएकाले निर्वाध चलिरहेका छन् संघर्ष समितिका सदस्य दिपक बहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी राजधानी तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए । उनले भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको तर्क गर्दै माग पूरा नभएसम्म अनिश्चितकालीन डोटी बन्द गरिने जानकारी दिए । सिलगढीमा पनि गैरसरकारी संस्था महासंघ डोटी शाखाले दिउसो १ बजे थप संघर्षका कार्यक्रम तय गर्न सर्ब पक्षिय बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?