पुडासैनी आत्महत्या प्रकरण: पटक–पटक सम्पर्क भएको कल डिटेलमा देखियो, रवीले बयानमा यसो भने


प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १२:०७

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले प्रक्राउ परेका तिनै जनाको कल डिटेल निकालेर सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका संचारकर्मी रवी लामिछाने, युवराज कँडेल र पुडासैनीकी प्रमिका भनिएकी रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरिरहेको हो ।

कल डिटेलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट अस्मिता कार्कीको मोबाइलमा पटक–पटक सम्पर्क भएको देखिएको छ।

शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताउनुभएको छ ।

पत्रकार शालिकराम पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटक–पटक न्युज २४ को कार्यालयबाट सम्पर्क देखिएको भेटिएको हो ।

यद्यपि रवी लामिछानेले बयानको क्रममा आफूमाथि लागेको सबै आरोप इन्कार गर्नुभएको छ। पत्रकार पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता, योजना तथा सम्पर्क केही नरहेको उहाँको दाबी छ।

उहाँले घटनाकी केन्द्रीय पात्र भनिएकी अस्मिता कार्कीलाई आफुले नचिनेको र उनीसँग कुनै किसिमले सम्पर्क नगरेको पनि प्रष्ट पार्नुभएको ।

शालिकरामले न्युज २४ टेलिभिजन छोडेपछि कुनै सम्पर्क नभएको उहाँले बयानमा उल्लेख गर्नुभएको छ ।

रवीले सरकारी वकिलको रोहबरमा प्रहरी समक्ष बयान दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
जङ्गली च्याउ खाँदा परिवारै अस्पताल भर्ना

काठमाडौं । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै

बालिका बलात्कार गरी हत्या गर्ने २ जनालाई अदालतले सुनायो यस्तो सजाय

काठमाडौं । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार

असोजभित्र बोलपत्र नभएका परियोजनाको रकम फिर्ता लिइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको

काठमाडौंको कपनमा हात, मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको कपनमा महिलाको शव फेला परेको छ। सोही स्थानमा डेरा गरि