यू-१९ एसिया कप: पहिलो खेल श्रीलंकासँग खेल्ने, जोराको कमब्याक

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल समूह ‘बी’ मा परेको छ । श्रीलंकामा आयोजना हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।

भदौ १९ देखि सुरु हुने प्रतियोगिताको लागि नेपालले बिहिबार रोहित कुमार पौडेलको कप्तानीमा १५ सदसीय टिमको घोषणा गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक श्रीलंकासंग खेल्ने छ । समूह बि मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

नेपाल गत महिना मलेसियामा सम्पन्न एसीसी यू-१९ इन्टर्न रिजनको उपाधि जितेर नेपाल एसिया कपमा छनोट भएको थियो । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टिम:

रोहित कुमार पौडेल (कप्तान)

रित गौतम

पवन सर्राफ

मोहमद आसिफ शेख

सन्दीप जोरा

भिम सार्की

कुशल मल्ल

रशिद खान

कमल सिंह ऐरी

सागर ढकाल

हरि बहादुर चौहान

प्रतिष जिसी

खडक बोहरा

लोकेश बम

सुर्य तामाङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?