राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसंग भेटवार्ता गर्नुभएको हो । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आउनुभएको थियो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै भेटवार्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?