चोट मुक्त हुँदै मेस्सी प्रशिक्षणमा फर्किए

एजेन्सी । खुट्टाको चोटका करण मैदान बाहिर रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् ।

खुट्टाको पिडुलाको चोट बोकेका मेस्सी एक साताको विश्रामपछि प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले बुधबार टिममा सामेल हुँदै प्रशिक्षण गरेका थिए ।

मेस्सीले गत साता प्रशिक्षणको दौरान पिडुलाको चोट बोकेका थिए । जसको कारण उनले स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेल समेत गुमाएका थिए ।

मेस्सीबिनाको बार्सिलोनाले सिजनको पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १-० को हार व्यहोरेको थियो ।

मेस्सी चोट मुक्त हुँदै टिममा फर्किएपछि बार्सिलोनालाई केहि राहत मिलेको छ । सिजनको सुरुवातमै बार्सिलोनालाई चोटले सताएको छ ।

बार्सिलोनाका लुइस स्वारेज र ओसुमाने डेम्बेले चोटका कारण मैदान बाहिर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?