प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि फेरि सिंगापुर जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ ।

गत साउन २७ गते सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि सिंगापुर जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे १ बजे थाई एयरमार्फत सिंगापुर प्रस्थान गर्न लागेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा.दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुनुहुन्छ । उहाँले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनु भएको थियो ।

मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गर्नुभएका प्रधानमन्त्रीले बीचमा स्वदेशमै उपचार गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?