धनकुटे कान्छा र फूलमानलाई मोति पुरस्कार प्रदान गरिने

appharu
0
Shares

काठमाण्डौं । विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शंकर चापागाईं (धनकुटे कान्छा) र फूलमान बललाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। झापाका चापागाईं र काभ्रेका बललाई पुरस्कार प्रदान गरिने भएको हो।

युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि ५० हजार रुपैयाँ सहित स्वर्णपदक रहेको छ।

पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले उनीहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

यही भदौ १३ गते १५४ औंँ मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्र्दै आएको छ। हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?