नबिल फाउण्डेसनद्वारा गार्गी कन्या गुरुकुललाई सहयोग

काठामाडौं, १९ पुस । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बालिकाहरुको शिक्षाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई रु एक लाख २० हजार रुपैयाँ प्रदान गरेको छ नबिल बैंकले विगतको ३ वर्षदेखि बालिकाहरुको शिक्षा प्रयोजनको लागि पु¥्याउँदै आएको उक्त सहयोगलाई नबिल फाउण्डेसनले निरन्तरता दिएको हो नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले सो रकम बराबरको चेक वरिष्ठ समाजसेवी एवं प्रतिष्ठानकी संरक्षीका श्रीमती अंगुरबाबा जोशीलाई गत पुस १६ गते हस्तान्तरण गरेका हुन् सो प्रतिष्ठान समाजका विभिन्न समुदायहरु जस्तै दलित, थारु, शेर्पा, नेवार, मगर, क्षेत्री, ब्राम्हण, गुरुङ्ग, तामाङ्ग, राई, मधेसी आदिका बालिकाहरुको शैक्षिक विकासमा गुरुकुल पद्धतिद्वारा पठन पाठन गराउने नेपालको एक मात्र कन्या गुरुकुल रहेको छ बालिकाहरुलाई संस्कृत साहित्य तथा वेद, पुराण, उपनिषद जस्ता उच्चकोटीका ग्रन्थहरुको साथै अंग्रेजी भाषा, विज्ञान, कम्प्युटर, ललित कला, नृत्य, योग, ध्यान जस्ता विषयहरुमा पारङ्गत ज्ञान दिलाइ प्राचीन तथा आधुनिक ज्ञानको संयोजन गरी समाजमा बौद्धिक नेतृत्व प्रदान गर्न सक्ने भावी विदुषीहरु उत्पादन गर्न प्रतिष्ठान लागि परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?