किन पक्राउ परे ‘लिलिबिली’का निर्माता शाही ?

appharu
0
Shares

काठमाडौं । चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

चलचित्र निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि दुई दिन थुनामा राख्ने अनुमति दिएकाले शाहीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर शाही फरार भएको आरोप जाहेरीमा उल्लेख गरिएको छ । तस्विर शाहीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?