शिक्षकले होइन विद्यार्थीले लगाउँछन् शिक्षकको हाजिरी

appharu
0
Shares

काठमाडौं–सल्यानको दार्मा गाउँपालिका–१ स्यालास्थित बालकल्याण प्राथमिक विद्यालयमा शिक्षकको हाजिरी विद्यार्थीले लगाउने गर्छन् । प्रायः विद्यालयमा शिक्षकले विद्यार्थीको हाजिरी लगाइरहेको अवस्थामा उक्त विद्यालयमा भने विद्यार्थीले शिक्षकको हाजिरी लगाउँदै आएका हुन् ।
कुन शिक्षक कति बजे कक्षामा प्रवेश गरे, कति मिनेट पढाए, कक्षा घण्टी सकिएको कति मिनेटपछि कक्षा छाडे लगायतका विगयामा विद्यार्थी हाजिरी लगाउने गर्छन् ।
शिक्षकको अधिनमा विद्यार्थी बस्नुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गरी शैक्षिक वातावरण सिर्जना गर्न यसप्रकारको कार्य गरिएको प्रधानाध्यापक कुमार देवकोटाले जानकारी दिए। नेपाल समाचारपत्रमा यो खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?