चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु, भदौ १० सम्म चल्ने

appharu
0
Shares

मकवानपुर । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा बुधबारबाट पटकथा लेखन कार्यशाला सुरु भएको छ।

पटकथा लेखन सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन् ।

चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले गरेको कार्यशालाको उद्घाटन कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले कार्यशालाको प्रशंसा गर्दै राज्यले नेपाली फिल्मका लागि आवश्यक लगानी र महत्व नदिएको स्वीकार गर्नुभयो ।

राज्यले जति ध्यान दिनुपर्ने हो त्यति नदिएको स्वीकार गर्दै मन्त्री जम्मकट्टेलले गुनासो सम्बोधन गर्नका लागि दोलखामा फिल्म सिटी बनाउने तयारी रहेको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली फिल्मको पटकथा सुधारका लागि वकर्शपले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यशालापछि सहभागी हरेकले एउटा पटकथा लेख्नुपर्ने र त्यसबाट एक जना विजेता छान्ने बताइएको छ ।

उत्कृष्ट हुने पटकथालाई छोटो फिल्म बनाउनका लागि १ लाख नगद उपलब्ध गराउने आयोजकले जनाएको छ । कार्यशाला भदौ १० गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?