अध्यापन अनुमतिपत्रको उत्तरपुस्तिका परीक्षण कम्प्युटबारबाट

appharu
0
Shares

काठमाडौँ। स्थायी अध्यापन अनुमतिपत्रको वस्तुगत परीक्षाको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने भएको छ । शिक्षक सेवा आयोगले सञ्चालन गर्ने लिखित परीक्षाको ४० अङ्क वस्तुगत रहने व्यवस्था छ ।
विगतमा परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्ने गरेकोमा अब अप्टिकल मार्क रिडर (ओएमआर) मेसिनले परीक्षण गर्नेछ । अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा विषयगत प्रश्नहरू वस्तुगत रहनेछ ।
आयोगका सूचना अधिकारी दामोदर आचार्यले ओएमआर मेसिनबाट उत्तरपुस्तिका परीक्षण गराउँदा खर्च कम लाग्नुका साथै कम समयमै नतिजा निकाल्न सकिने बताए । गोरखापत्र दैनिकमा खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?