किन आउँदैछिन् सन्नि लियोनी नेपाल ?

appharu
0
Shares

काठमाण्डौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनीले एक भिडियो सन्देश मार्फत नेपाल आउन लागेको जानकारी दिनुभएको छ ।

नेपाली चलचित्र ‘पासवर्ड’को प्रीमियरमा सहभागी हुन नेपाल आउन लागेको भिडियो सन्देशमा उल्लेख गरिएको छ । यस चलचित्रमा पनि उहाँले आइटम नृत्य गर्नुभएको छ ।

सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रीमियरमा सन्नी सहभागी हुनुहुनेछ । भिडियोमा उहाँले चलचित्रको प्रोमोशनल इभेन्ट एण्ड प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको बताउनुभएको छ। भिडियोको अन्तिममा लियोनीले चलचित्रलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

चलचित्र सेप्टेम्बर १३ तारिख रिलिज हुँदैछ । सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको भूमिका रहेको छ । एक्सन थ्रिलर चलचित्रमा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?