अर्जुन नरसिंह केसीको निवासमै किन पुगिन् बंगलादेशी राजदूत ?

appharu
0
Shares

काठमाडौं– काँग्रेस नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीलाई भेट्न नेपालका लागि बंगलादेशी राजदूत मास्फी बिन्ते साम्स निवासमै पुगेकी छन् ।
उनी बुधबार केसीलाई भेट्न गोंगबुस्थित निवासमै पुगेकी हुन् । सो क्रममा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ ।
यस्तै सो क्रममा राजदूत साम्सले बंगलादेशी राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्मसताब्दीको अवसरमा आयोजना हुने कार्यक्रमका लागि समेत निम्ता दिएकी थिइन् ।
आगामी मार्च १७, २०२० मा परेको रहमानको जन्मसताब्दीलाई बंगलादेशी सरकारले ‘मुजिव वर्ष’ को रुपमा मनाउन निर्णय गरेको छ ।
निम्ता पाएपछि केसीले राजदूतलाई धन्यवाद दिँदै आफूले निमन्त्रणलाई सकारात्मक रुपमा लिएको र छिट्टै उपस्थितिबारे जानकारी गराउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?