के ५ वर्ष नै जेल पर्दैछन् रवि लामिछाने ? उनले गरे यस्तो आशंका

appharu
0
Shares

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवी लामिछानेले आफूलाई प्रहरीले ५ बर्षनै थुन्ने नियत देखाएको दाबी गरेका छन् । उनले आफू हिरासतबाट निक्लिएको ५ मिनेटभित्रै यो घटनामा आफ्नो कहीँ कतै संग्लनता नरहेको पुष्टि गर्न सक्ने बताएका छन् ।
‘शालिकराम पुडासैनीको घटनाको विषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउँछु भनेको थिएँ र पाँचौ दिनसम्म हिरासतमा रहँदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि’ उनले श्रीमती निकिता पौडेलको फेसबुकमार्फत भनेका छन्, ‘म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहीँ कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरि पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।’

पाँचौ दिन सम्म प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको गरेको भएपनि अहिले भने प्रहरीबाटै असुरक्षित भएको महसुश गरेको बताएका छन् ।

उनले आत्महत्यासम्बन्धी भिडियो कसरी बाहिरियो भन्दै प्रश्न समेत उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?