काँग्रेसलाई नेतृत्व प्रदान गर्न म पनि याेग्य छु : डा.कोइराला

विराटनगर, १९ पुस । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली काँग्रेसलाई नेतृत्व प्रदान गर्नका लागि आफू पनि योग्य रहेको बताएका छन् युवाका लागि शीर्ष पदहरु छोड्नुपर्ने विषयमा उठेको बहसबारे पत्रकारको जिज्ञासामा उनले युवा जत्तिकै जाँगर आफूमा रहेको, देशव्यापी दौडाहा व्यापकरुपमा गरिरहेको र काँग्रेसलाई ‘युवाहरुको जोश तथा पाकाहरुको होस’ आवश्यक रहेको बताए विराटनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टीको केन्द्रीय समितिको बैठकपछि केही विधानमा संशोधन गरी महाधिवेशनमा जानुपर्ने आवश्यकता रहेको बताए प्रतिनिधिसभा निर्वाचनमा मोरङबाट पराजित भएका कोइरालालाई नेतृत्वको दौड रहेका नेताको रुपमा लिइएको थिए । तर, उनले पार्टी नेतृत्वका लागि आफ्नो दाबेदारी कायम रहेको संकेत गरेका हुन् डा.कोइरालाले आफू पनि कांग्रेसको पदीय जिम्मेवारी लिन सक्ने अवस्थामा रहेको बताए । उनले भने, ‘म लायक छैन भन्ने अवस्थामा छैन । म लायक छु ।’पार्टीमा सुरु भएको युवालाई नेतृत्व हस्तान्तरणको बहसतर्फ इंगित गर्दै उनले भने, ‘म कार्यकर्ता भेट्ने र खट्नेमा पनि उनीहरु जतिकै छु । युवाहरुको जाँगर र पाकाहरुको होस् मिलाएर कांग्रेस वनेको छ, त्यसलाई युवाहरुले पनि विर्सनु भएन ।’उनले काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको र वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको भन्दै पाँच वर्ष संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरुपमा संगठन वलियो बनाउनुपर्नेमा जोड दिए प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर, नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिँदा फरक नपर्ने उनको धारणा थियो संविधान आफैँमा पूर्ण नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले भने, ‘निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको यसरी संविधान बनाउनुहुँदैन थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?