काठमाडौंको एक होटलमा युवायुवती मृत फेला, यसो भन्छ प्रहरी

काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । होटल मोरङ पर्वत धौलागीरी गेष्ट हाउसको एक कोठामा उनीहरु मृत फेला परेको हुन् ।

मृतक चितवनका अन्दाजी ३७ वर्षका यमबहादुर मगर र मकवानपुरकी अन्दाजी ३० वर्षकी सविना बजगाई रहेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार घटनाबारे होटल संचालकसंग सोधपुछ भइरहेको छ ।

घटनाबारे थप प्रहरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष कुमारदाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?