नेपाल–भारत संयुक्त आयोगको बैठक शुरु, के–के विषयमा छलफल हुँदैछ ?

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौँमा शुरु भएको छ । होटल याक एण्ड यतीमा सुरु भएको बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रुपमा गरेका छन् ।

दुई दिनसम्म चल्ने बैठकमा यसअघि सन् २०१६ मा नयाँदिल्लीमा बसेको संयुक्त आयोग बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरावलोकन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकका कार्यसूचीमध्ये पहिलोमा राजनीतिक र सीमा सुरक्षा, दोस्रो सञ्चार सञ्जाल र आर्थिक समृद्धि, तेस्रो व्यापार र पारवहन, चौथोमा ऊर्जा र जलस्रोत तथा संस्कृति र विविध विषय रहने जनाइएको छ ।

नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकको सुरुआत सन् १९८७ देखि सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?