उपत्यकामा ५५ जना डेंगुका संक्रमित भेटिए

काठमाडौं । काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला उपत्यकामै ५५ जना डेंगुका रोगी भेटिएका हुन् ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. विवेककुमार लालकाअनुसार उपत्यकाका १० वटा अस्पतालमा आएका मध्ये ५५ जना यो समस्या देखिएको छ ।

महाशाखाले २३ वटा अस्पतालबाट तथ्याकं संकलन गरेको थियो ।

डाक्टर विवेक कुमारका अनुसार काठमाडौं उपत्यका तथा अन्य स्थानमा डेंगु सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको छ । गत वर्ष यही समयमा उपत्यकामा मात्रै १६ जनालाई डेंगु देखिएको थियो भने देशभर ८ सय ११ जना संक्रमित भएका थिए ।

डेंगु के हो ? यस्ता छन् यसका लक्षणहरु, कसरी बच्ने ? हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?