अष्ट्रेलियामा ‘गजल मुशायरा २०१९’ आयोजना हुँदै

काठमाडौं । गजल मुशायरा परिवारले हरेक वर्ष आयोजना गर्ने गजल वाचन, गायन र नृत्यको एउटा सम्पुर्ण कार्यक्रम गजल मुशायरा अष्ट्रेलियाको सिड्नीमा सेप्टेम्वर आठमा आयोजना हुने भएको छ ।
अष्ट्रेलियाको सिड्नीबाट शुरु भएको यो कार्यक्रम हालसम्म अष्ट्रेलियाको विभिन्न शहर र अष्ट्रेलिया बाहिर मलेशिया र नेपालमा गरी दशवटा सफल संस्करणहरु प्रस्तुत भईसकेका छन् ।

गजल मुशायराको यो संस्करणमा नेपालबाट आउनुभएका अग्रज गजलकार ज्ञानुवाकर पौडेल र धनराज गिरीको समेत बिशेष प्रस्तुती रहने कारणले गर्दा यो कार्यक्रम विशेष हुने मुशायरा परिवारको दावी छ । गजल मुशायरा परिवारले एघारौ संस्करणलाई ईनोभेटिभ एसोसिएट्सको सहकार्यमा प्रस्तुत गर्नेछ । गजल मुशायरको यो संस्कारणमा अग्रज गजलकारहरु सहित अष्ट्रेलियाभरिवाट पच्चीस जना गजलकारहरुले गजल वाचन गर्नेछन् |

कार्यक्रममा गजल गायन र नृत्य समेत प्रस्तुत हुने गजल मुशायरा परिवारका संस्थापक तथा एघारौ संस्करणका संयोजक जितेन्द्र मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?