नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको निधन

काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ निर्देशक किशोर राना मगरको ६४ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको बुधबार दिउँसो ३ बजे जावलाखेलस्थित निदान अस्पताल उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि मधुमेह रोगबाट पीडित मगरको गतबर्ष मृगौला प्रत्यारोपण समेत गरिएको थियो ।
कर्जाबाट नेपाली फिल्म निर्देशनमा होमिनुभएको मगरले राँको, करोडपति, सीमारेखा, एक नम्बरको पाखे, सन्तानको माया, कब हुई मिलन हमारा, मिस्टर मंगले, चक्र, बन्धकी, घुम्टो, जस्ता हिट फिल्म दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?