शिखर इन्स्योरेन्सले कमायो ४७ करोड नाफा

काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४७ करोड २९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा इन्स्योरेन्सको नाफा १५.४७ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको सोहि अवधिमा इन्स्योरेन्सको नाफा ३९ करोड ९२ लाख ७४ हजार रुपैयाँ रहेको थियो । यस्तै यो अवधिमा इन्स्योरेन्सले १ अर्ब ५६ करोड ३३ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?