माछापुच्छ्रे बैंकले निष्काशन गरेको बैंकले ऋणपत्र बिक्री भयो

काठमाडौं। माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि निष्काशन गरेको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो।

बैंकले तीन अर्बको ४० प्रतिशत ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरेको थियो। सबै ऋणपत्र दोस्रो चरणमा बिक्री भएको हो। धितोपत्र निष्कासत तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार प्रति इकाइ एक हजार रुपैयाँ दरमा सर्वसाधारणको लागि १२ लाख कित्ता निष्कासन गरिएको थियो।

ऋणपत्र निष्कासनका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार अनुसार बैंकले प्रयाप्त मात्रामा सुरक्षित जनाउने ‘इक्रा एनपि आइआर ए माइनस’ प्राप्त गरेको थियो। १९ वर्षदेखि वित्तीय कारोबार गर्दै आएको माछापुच्छ्रेको शाखा कार्यालय १०० भन्दा बढि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?