आईसीसीको महिला वरियतामा नेपाल १४ औं स्थानमा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी क्रिकेट वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपाल यथावत रहँदै १४ औं स्थानमा रहेको हो ।

नयाँ वरियता अनुसार नेपालले १९ खेलबाट १२८ रेटीङ अंक पाएको छ ।
एकदिवसीय वरियतामा भने नेपाल अटाउन सकेको छैन ।

यसैबीच, आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टीको महिला खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाउनुभएको छ । बलिङतर्फ पूर्व कप्तान नेरी थापा ८० औं र सिता ९९ औं स्थानस्थानमा रहनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?