यू–१९ एसिया कप क्रिकेटः नेपाल सहज समूहमा

appharu
0
Shares

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल समूह ’बी’ मा परेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल तुलनात्मक रुपमा सहज मानिएको समुह ‘बी’ मा परेको हो । यस समूहमा नेपालसहित आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । समूह ’ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् ।

एसिया कप भदौ १९ देखि २८ गतेसम्म हुनेछ ।

नेपालले भदौ २० गते आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?