पहिलो खेलमै नेपाल भारतसँग फराकिलो गोल अन्तरले पराजित

appharu
0
Shares

काठमाडौं । पाचौँ संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग फराकिलो हार व्यहोरेको छ । भारतको कल्याणीमा आज बुधबार भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोल अन्तरले पराजित भएको हो । कल्याणी रंगशालामा भारतविरुद्ध खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ३ गोल तथा दोस्रो हाफमा दुई गोल खायो ।

भारतको जितमा महेसन सिंह, सुभो पाउल, अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले समान एक–एक गोल गर्नुभयो ।

उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपालले अब आगामी शुक्रबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेलमा अर्को मंगलबार बंगलादेश र अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?